६ कार्तिक २०८३, शुक्रबार

भोलिदेखि अत्यावश्यक वस्तुहरुका पसल बेलुका खोल्न नपाइने

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । जिल्ला प्रशासन कार्यालयले भोलि सोमबारदेखि निषेधाज्ञालाई थप कडा गर्ने भएको छ ।

आज आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले उपत्यकामा निषेधाज्ञा निष्प्रभावी बनेको निष्कर्ष निकाल्दै भोलिदेखि थप कडाई गर्ने निर्णय गरेको हो ।

डीसीसीएमसीको निर्णय अनुसार सोमबारदेखि बिहान १० बजेसम्म मात्र अत्यावश्यक पसलहरु खोल्न अनुमति दिइने भएको छ । त्यस्तै यसअघि बेलुका ५ बजेदेखि ७ बजेसम्म पसल खोल्न अनुमति दिएको भए पनि भोलिदेखि अत्यावश्यक वस्तुका पसलहरु समेत बेलुका खोल्न पाइने छैन ।

साथै, डीसीसीएमसीले सरकारी र बैंक तथा वित्तिय संस्थालाई एक चौंथाइ कर्मचारी राखेर सञ्चालन गर्न आग्रह गरेको छ । यस्तै पत्रकारहरुका लागि सम्बन्धित सञ्चार माध्यमले उपलब्ध गराएको सूचीका आधारमा प्रेस पासको निर्णय गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिएका छन् ।