६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली संसदबाट विश्वासको मत लिने निर्णयमा पुगेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा उनले विश्वासको मत लिने जानकारी गराएको बताइएको छ ।

पछिल्लो समय नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने र नेपाली कांग्रेससँग मिलेर अविश्वास प्रस्ताव ल्याउने तयारी भइरहेका बेला ओलीले यस्तो निर्णय गरेका हुन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने भएका छन् । सोही अनुसार संसदको विशेष अधिवेशन बोलाउने तयारी गरिएको स्रोतको भनाइ छ ।