बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

सस्तो डिल, ग्यापु, रिचार्जर, इन्फी स्टोर र खानपिनबाट किनमेल गर्दा १५ प्रतिशत नगद फिर्ता पाइने

दैनिक नेपाल २०७८ वैशाख १९ गते १७:५५

काठमाडौं, १९ वैशाख । अनलाइन डेलिभरी प्लेटफर्म सस्तो डिल, ग्यापु, रिचार्जर, इन्फी स्टोर र खानपिनबाट किनमेल गर्दा एनआईसी एशिया बैंकका ग्राहकले १५ प्रतिशत नगद फिर्ता पाउने भएका छन् ।

नयाँ भेरियन्टको कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रण गर्नका लागि सरकारले विभिन्न शहरमा जारी गरेको निषेधाज्ञालाई दृष्टिगत गर्दै बैंकले आफ्ना ग्राहकका लागि यस्तो सुविधा उपलब्ध गराएको हो । हामी सबैले आ–आफ्नो स्तरबाट उचित सावधानी अपनाई महामारी रोकथामका लागि सहयोग गर्नुपर्ने टड्कारो आवश्यकता पनि बैंकले औंल्याएको छ ।

विद्यमान अवस्थामा विभिन्न अनलाइन माध्यमहरूले दैनिक रूपमा अत्यावश्यक सामग्रीहरू उपभोक्ताहरूको घरमै डेलिभरी गरिरहेको अवस्थामा एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई घरमै बसेर विभिन्न अनलाइनमार्फत सामान खरिद गर्दा १५ प्रतिशत क्यासब्याकको अवसर प्रदान गरेको हो ।

यो सुविधा यही वैशाख ३१ गतसम्म लागू हुने छ । योजना अनुसार अत्यावश्यक सामग्री खरिद गर्दा १५ प्रतिशत वा अधिकतम रू. ५०० सम्म नगद फिर्ता पाउने छन् । नेपालमा कोरोना भाइरसले सृजना असहज परिस्थितिका बेला ग्राहकलाई किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरूप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकलाई प्रोत्साहन गर्न ई–कमर्श कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक नगद फिर्ताको व्यवस्था गरेको जनाएको छ ।

यसका लागि बैंकका ग्राहकले बैंकको कार्डमार्फत ई–कमर्श तथा पीओएस भुक्तानी एवं मोबाइल बैंकिंङ (एनआईसी एशिया मो–बैंक) प्रयोगकर्ताहरूले क्यूआर भुक्तानी गरी योजनामा सहभागी हुन सक्ने छन् । साथै, आफ्नो कार्डमा ई–कमर्श भुक्तानी सुविधा नलिएका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिंङ एपमा रहेको आईसर्भमार्फत सहज रूपमा आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यो योजनाको अधिकतम फाइदा उठाउन सक्ने बैंकले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित