६ कार्तिक २०८३, शुक्रबार

आइतबार काठमाडौंमा मात्रै थपिए २७४४ जना संक्रमित, ललितपुर र भक्तपुरमा कति ?

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । आइतबार देशभर कोरोना भाइरसका ७ हजार २११ जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै ३ हजार ५९५ जना थप भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा २ हजार ७४४ जना, ललितपुरमा ५५० जना र भक्तपुरमा ३०१ संक्रमित थपिएका हुन् ।

यो सहित राजधानी समेत रहेको बागमती प्रदेशमा आइतबार ४ हजार १२० जना संक्रमित थपिएका छन् ।

आइतबार काभ्रेपलाञ्चोकमा २३, चितवनमा ७७, दोलखामा ८, धादिङमा १२०, नुवाकोटमा ४६, मकवानपुरमा १६९, रसुवामा ४, रामेछापमा १३ जना, सिन्धुपाल्चोकमा ३३ र सिन्धुलीमा ३२ जना संक्रमित थपिएका छन् ।