शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

‘वर्क फ्रम होम’लाई विशेष जोड दिन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन

दैनिक नेपाल २०७८ वैशाख १९ गते १५:५६

काठमाडौं, १९ वैशाख । राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई ‘वर्क फ्रम होम’ लाई विशेष जोड दिन निर्देशन दिएको छ ।

कोरोना भाइरसको संक्रमणदर दिनदिनै बढ्दै गएपछि नेपाल राष्ट्र बैङ्कले प्रविधिको उच्चतम प्रयोग गर्दै वर्क फ्रम होमलाई जोड दिन पनि बैङ्क तथा वित्तीय संस्थालाई भनेको छ । फेस टु फेस बैंकिङ सेवाभन्दा विद्युतीय माध्यमबाट सेवा प्रदान गर्न केन्द्रिय बैङ्कको निर्देशन छ ।

२५ प्रतिशतभन्दा कम कर्मचारी राखेर बैंकिङ सेवा दिन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । आज आइतबार एक सूचना जारी गर्दै बैङ्क तथा वित्तीय संस्थालाई सात बुँदे निर्देशन समेत दिएको छ ।

हेर्नुहोस् निर्देशन–

 

प्रतिक्रिया
सम्बन्धित