६ कार्तिक २०८३, शुक्रबार

संक्रमितको उपचार र आवश्यक पूर्वाधार निर्माण गर्न सरकारलाई एमाले स्थायी कमिटीको ध्यानाकर्षण

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । आकस्मिक रूपमा बसेको नेकपा एमाले स्थायी कमिटीको बैठक सम्पन्न भएको छ ।

बैठकले कोरोना भाइरसको बढ्दो जोखिम नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएको छ ।

‘बैठकले कोभिडका बिमारीहरूको उपचारका लागि आवश्यक पूर्वाधार, शैय्याहरू, उपकरण, खोप, अक्सिजन तथा अत्यावश्यक औषधिको तत्काल थप प्रबन्ध गर्न र अन्य तयारी तीव्रताका साथ अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ,’ प्रवक्त ज्ञवालीले भने, ‘समग्र पार्टी पंक्तिलाई कोभिडविरुद्धको यस कठिन लडाईंमा स्वयम्सेवी रूपमा परिचालित हुन पनि बैठकले आह्वान गरेको छ ।’