८ कार्तिक २०८३, आइतबार

मारुती ५३ ग्रेडको सिमेन्ट उत्पादन गर्ने पहिलो कम्पनी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । नेपाल सरकारको सिमेन्ट ग्रेड उल्लेख गर्न मिल्ने निर्णय गरेअनुरुप नेपाल गुणस्तर तथा नाप तौल विभागबाट सम्पूर्ण मापदण्ड प्रमाणित गर्दै मारुती सिमेन्ट सर्वशक्तिशाली ५३ ग्रेडको गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पन्नी बन्न सफल भएको छ ।

मारुतीद्वारा आइतबार जारी विज्ञप्तिअनुसार मारुती सिमेन्टलाई ५३ ग्रेडको गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने प्रमाणपत्र प्राप्त भएको हो ।

यसअघि मारुती सिमेन्टले ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गरिरहेको थियो । ५३ र ४३ ग्रेडको गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्ने मारुती नेपालको पहिलो कम्पनी बन्न सफल भएको छ ।

मारुती सिमेन्ट १५ वर्ष अगाडि स्थापना भएर उत्पादन गर्दै आएको छ । नेपालकै पहिलो तथा निजीस्तरको सबैभन्दा ठूलो सिमेन्ट उत्पादन गर्ने स्वदेशी उद्योगको रुपमा मारुती स्थापना भएको थियो ।

उदयपुरको पहाडी रे्रजमा रहेको मारुतीको चुनढुंगा खानीबाट अत्याधिक जर्मन टेक्नोलोजीद्वारा अन्तर्राष्ट्रियस्तरको सर्वोत्कृष्ट ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।