शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्रवास कमिटी गठन नभएको प्रवासी नेपाली एकता मञ्च कतारको प्रष्टिकरण

दैनिक नेपाल २०७८ वैशाख १८ गते १८:५४

काठमाडौँ, १८ वैशाख । नेकपा एमालेका वरिष्ठ नेता, उपमहासचिव तथा प्रवास इन्चार्जको उपस्थितिमा प्रवास कमिटी गठन भएको भन्ने कथित समाचारप्रति प्रवासी नेपाली एकता मञ्च, कतारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मञ्चले शनिबार एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।

त्यस्तै, मञ्चले एमालेको वर्तमान प्रवास इञ्चार्जको जिम्मेवारी राजन भट्टराईले सम्हालिरहेको र हालै कुनै पनि मुलुकमा कमिटीहरु गठन पुनर्गठन नगरिएको पनि जानकारी गराएको छ ।

त्यस्तै, मञ्चले चानक पोखरेलको नेतृत्वमा रहेको पूर्ववत कमिटी नै नेकपा एमाले सम्वद्ध आधिकारिक प्रवासी एकता मञ्च कतार रहेको पनि जानकारी गराएको छ ।

प्रतिक्रिया
सम्बन्धित