
काठमाडौँ, १७ वैशाख । बितेको २४ घण्टामा काठमाडौँमा मात्रै थप २ हजार ४०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ जनामा संक्रमण देखिएको हो ।
त्यस्तै, मोरङमा १६१, पर्सामा १५३, नवलपरासी पूर्वमा ३६, रुपन्देहीमा ४७३, बाँकेमा ४२२ र दाङमा २५२ जनामा संक्रमण पुष्टि भएको छ ।यससँगै १२ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने २०० भन्दा बढी संक्रमित रहेको जिल्ला संख्या १० वटा रहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन परीक्षणबाट गत २४ घण्टामा थप ५ हजार ७२७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या ३ लाख २३ हजार १८७ जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ९२८ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ८१ हजार ९५ जना पुगेको छ ।देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ८ सय १३ जना रहेको छ ।
२४ घण्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार २ सय ७९ जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया