
काठमाडौँ, १७ वैशाख । वागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यमा जेठ ६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतदानस्थल तोकेको छ ।
शुक्रबार शुक्रबार एक विज्ञप्ति जारी गर्दै आयोगले मकवानपुरको हेटौँडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माविलाई मतदान स्थल तोकेको हो ।
मतदानस्थलमा प्रदेशसभा सदस्य ११० जनाका लागि केन्द्र (क) र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जनाका लागि केन्द्र(ख) गरी छुट्टाछुट्टै मतदान केन्द्र तोकेको छ ।
हेर्नुस् आयोगको विज्ञप्ति:












प्रतिक्रिया