७ कार्तिक २०८३, शनिबार

भारतमा एकैदिन ३४९८ जनाको मृत्यु, ३ लाख ८६ हजार भन्दा बढी संक्रमित थपिए

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ वैशाख । छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरसका ३ हजार ४९८ जना संक्रमितको मृत्यु भएको छ भने सोही अवधिमा ३ लाख ८६ हजार जना भन्दा धेरै संक्रमित थपिएका छन् ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार बिहीबार गरिएको परीक्षणमा ३ लाख ८६ हजार ४५२ संक्रमित थपिएका हुन् । यो अवधिमा ३ हजार ४ सय ९८ जनाको मृत्यु भएको हो ।

पछिल्ला केहि दिन यता भारतमा हरेक दिन साढे तीन लाख भन्दा धेरै संक्रमित थपिने गरेका छन् भने दैनिक तीन हजार भन्दा धेरै मानिसको मृत्यु भइरहेको छ ।