१४ कार्तिक २०८३, शनिबार

जसपा अध्यक्ष ठाकुरले सांसदहरुलाई कारवाही नभएको भन्दै लेखे लुम्बिनी प्रदेशका सभामुखलाई पत्र

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ वैशाख । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सरकारमा सामेल ४ जना प्रदेशसभाका सांसदहरुलाई कुनै कारवाही नभएको जनाएको छ ।

बिहीबार पार्टीका अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई पत्र लेख्दै केन्द्रीय तहबाट उनीहरुलाई कुनै कारवाही नगरिएको जानकारी दिएका छन् ।

यसअघि सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट निष्काशन गर्ने निर्णय भएको बताइएको थियो ।