शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

कामना सेवाको ऋणपत्रलाई अन्तराष्ट्रिय स्तरको परिचय अंक प्रदान

दैनिक नेपाल २०७८ वैशाख १६ गते १९:४७


काठमाडौँ, १६ वैशाख । कामना सेवा विकास बैंक लिमिटेडको १० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्रले अन्तराष्ट्रिय स्तरको परिचय अंक इन्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (आइएसआइएन) प्राप्त गरेको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका नियम तथा विनियम बमोजिम सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा कारोबार गर्न ऋणपत्र अभौतिकीकरण समेत गरिएको छ ।

९% कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७ (ऋणपत्र) लाई एनपीई ०६८ए११०१ को आइएसआइएन प्रदान गरिएको छ ।

मिति २०७७/१०/२२ गते बिहीबार निष्काशन तथा बिक्री खुल्ला गरिएको ऋणपत्रले २०७८ वैशाख १५ मा उक्त अंक प्राप्त गर्न सफल भएको छ ।

उक्त परिचय अंक अन्तराष्ट्रिय स्तरमा ऋणपत्र, बन्ड, स्टक आदि जस्ता धितोपत्र सहज तरिकाले पहिचान गर्न मद्दत गर्छ । आइएसआइएन ऋणपत्रहरुलाई सजिलो र स्पष्ट रुपमा क्लियरिङ्ग र फुकुवा गर्न प्रदान गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित