१४ कार्तिक २०८३, शनिबार

गण्डकी प्रदेशका नवनियुक्त युवामन्त्री नियुक्त दीपक मनाङेले लिए सपथ

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १६ वैशाख । गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीको रुपमा दीपक मनाङे नियुक्त भएका छन् ।

बिहीबार उनले पद तथा गोपनीयताको सपथ लिएका छन् । गण्डकी प्रदेशको सामाजिक विकास तथा खेलकुद मन्त्रीमा नवनियुक्त राजीव गुरुङ उर्फ दीपक मनाङेले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

मन्त्री गुरुङलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सपथ खुवाएका हुन् । उनी स्वतन्त्र सांसद थिए । सपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थिति थियो भने सभामुख नेत्रनाथ अधिकारी अनुपस्थित थिए ।

उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने अब युवा विदेश जानुपर्दैन । आफूसँग मन्त्रालय सम्हाल्ने भिजन भएको बताउँदै उनले यस्तो बताए ।

‘मसँग केही भिजन छन् । मलाई यसको राम्रो ज्ञान छ’, उनले भने, ‘अब युवाहरु विदेश जानुपर्दैन।’ मनाङेले मुख्यमन्त्री गुरुङले आफूलाई मन्त्रीका लागि दौरा सुरुवाल सिलाउन भनेको पनि बताए। त्यसपछि मात्रै आफू मन्त्री बन्न लागेको थाहा पाएको पनि उनले बताए। ‘मुख्य मन्त्रीज्यूले दौरा सुरुवाल सिलाउन जा भन्नु भएको थियो’, उनले सुनाए, ‘उहाँले त्यसो भनेपछि म मन्त्री बन्न लागेको थाहा पाएँ।’