
काठमाडौं, १६ वैशाख । तत्कालका लागि चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउने काम रोकिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप केन्द्रमा भएको भीडका कारण खोप लगाउने कार्य स्थगित गरिएको हो । त्यस्तै दोस्रो डोजको कोभिसिल्ड खोप लगाउने काम पनि रोकिएको मन्त्रालयले जनाएको छ ।
संक्रमणको बढ्दो जोखिमका कारण खोप लगाउने कार्य रोकिएको मन्त्रालयको भनाइ छ । खोप लगाउन नाममा भीडभाड गर्दा थप संक्रमण बढ्ने चिन्ताका साथ मन्त्रालयले तत्कालका लागि खोप कार्यक्रम स्थगित गरेको बताइएको छ ।















प्रतिक्रिया