शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

महामारी बढाउन प्रधानमन्त्री ओली जिम्मेवार: मदरल्याण्ड नेपाल क्यालिफोर्निया

दैनिक नेपाल २०७८ वैशाख १६ गते ९:५८

अमेरिका । मदरल्याण्ड नेपाल क्यालिफोर्नियाले नेपालमा कोरोनाको दोस्रो लहर फैलिंदै गएकोमा चिन्ता ब्यक्त गरेको छ ।

छिमेकी भारतमा पछिल्लो २४ घण्टामा करिब ४ लाख कोरोना संक्रमित थपिएका र ३ हजारभन्दा बढीको मृत्यु भएको डरलाग्दो समाचारले नेपाली त्रसित भएको विज्ञप्तिमा उल्लेख छ । सयुक्त संयन्त्र बनाई गाउँ–गाउँसम्म पुगेर कोरोना महामारीविरुद्ध एकीकृत ढंगले अभियान चलाउन् आह्वान गरिएको छ ।

‘यस्तो अवस्था आउनुमा वर्तमान प्रधानमन्त्री केपी ओली र उहाँको सरकार सर्वाधिक दोषी देखिन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री ओली स्वयंले कोभिडको पहिलो लहर चलिरहँदा दजनौं टेलिभिजन अन्तर्वार्तामा मास्क नलाई बोल्नुभएको छ । पचासौं भेला र सभाहरू गर्नुभएको छ ।’

दोस्रो लहरले छिमेकी भारतमा हजारौंको ज्यान लिइरहँदा ठूलो जनसमुदाय भेला पारेर राम–सीताका मूर्तिको शोभायात्रा निकालेको भन्दै आपत्ति जनाइएको छ । तयारनै नभएको धरहरा उद्घाटन गरेको भन्दै विरोध गरिएको छ । बालुवाटारमा होस् वा प्रधानमन्त्री कार्यालयमा सामाजिक दूरी कायम गरेर भेला गर्नुपर्छ भन्ने सोच उनमा कत्ति पनि नदेखिएको जनाइएको छ ।

‘अभिभावक मानिने सरकारबाट यस प्रकारको लापर्बाही भएपछि जनताले मास्क लगाउन अल्छी गरे भनेर दोष दिनुको के अर्थ ? यसअघि मुलुकमा राजनीतिक विखण्डनको मेला नै लाग्यो’, विज्ञप्तिमा उल्लेख छ ।

‘तत्कालीन नेकपाका तीन घटक गाउँ–गाउँसम्म पुगेर एकले अर्कालाई गाली गर्न ठूला–ठूला सभा गर्दै हिंडे’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले कोरोना फैलाउने र नेपालीलाई अकाल मृत्युको मुखमा धकेल्ने कार्यको दोष सर्वाधिक रुपमा सरकार र एमाले तथा माओवादी केन्द्रका नेताहरुले लिनुपर्छ ।’

प्रतिक्रिया
सम्बन्धित