१४ कार्तिक २०८३, शनिबार

अविश्वासको प्रस्ताव फेल हुने देखेपछि अनिश्चितकालका लागि बैठक स्थगित

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ वैशाख । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावबारे निर्णय नहुँदै गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

सभामुख नेत्रराज अधिकारीले एक सूचना टाँसेर बैठक स्थगित गरेका हुन् । दुई जना सांसदहरु अनुपस्थित रहेपछि मुख्यमन्त्रीविरुद्धको प्रस्ताव फेल हुने निश्चित थियो । त्यसैका कारण बैठक स्थगित गरिएको नेकपा एमालेले जनाएको छ ।

बैकठमा जनमोर्चाका सांसद खिमविक्रम शाही र सांसद दिपक मनांगे अनुपस्थित रहेका थिए । शाहीको खोजी गर्न माग गर्दै पियारी थापाले दिएको निवेदनका आधारमा सभामुख अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेका हुन् ।