
काठमाडौँ, १५ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा देशका विभिन्न अस्पतालमा १७ जना संक्रमितको मृत्यु भएको हो ।
त्यस्तै, देशभर एकै दिनमा थप ४ हजार ८९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन परीक्षणबाट गत २४ घण्टामा थप ४ हजार ५२४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वार गौतमले जनाएका छन् ।
यससँगै कुल संक्रमितको संख्या ३ लाख १२ सय ६९९ जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ७७३ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७९ हजार २ सय ७९ जना पुगेको छ ।देशभर सक्रिय संक्रमितको संख्या ३० हजार २ सय ९ जना रहेको छ ।
हालसम्म मृत्यु हुनेको संख्या ३ हजार २ सय ११ जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया