१४ कार्तिक २०८३, शनिबार

चितवनमा १५ दिन निषेधाज्ञा जारी

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १५ वैशाख । चितवनमा निषेधाज्ञा जारी भएको छ ।

पछिल्लो दिनमा कोरोनाभाइरस संक्रमणको तीव्र वृद्धि भएपछि वुधबार बसेको जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर(डिसीएमसी) चितवनको बैठकले वैैशाख १६ गते (भोली)रातीदेखि १५ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञा बिहीबार राती १२ बजेदेखि ३१ गते राती १२ बजेसम्मका लागि यो निर्णय लागु हुनेछ ।

जिल्लामा ५ सय जनाभन्दा बढी सक्रिय संक्रमित बढेपछि निषेधाज्ञा लागू गरिएको हो ।