१४ कार्तिक २०८३, शनिबार

कर्णालीमा थप तीन सङ्क्रमितको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १५ वैशाख । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत दुईजना कोरोना सङ्क्रमित बिरामीको गए राति मृत्यु भएको अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा के.एन पौडेलले जानकारी दिए।

उनका अनुसार भेरीगङ्गा नगरपालिका–४ सुर्खेतका ६४ र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय दुईजना पुरुषको मृत्यु भएको हो ।

भेरीगङ्गा नगरपालिकाका बिरामी वैशाख ५ र वीरेन्द्रनगरका बिरामी वैशाख ११ गतेदेखि प्रदेश अस्पतालमा उपचाररत थिए । त्यस्तै, दैलेखमा नारायण नगरपालिका–१ दैलेखका ७५ वर्षीय कोरोना सङ्क्रमित एकजना पुरुषको मृत्यु भएको छ ।

तीनजना थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको जनस्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले जनाएको छ । –रासस