१४ कार्तिक २०८३, शनिबार

चितवनमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय नाघ्यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १५ वैशाख । जिल्लामा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या पाँच सय कटेको छ ।

जिल्लामा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या ५७९ पुगेको छ । एकै दिन मङ्गलबार १२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

भरतपुर अस्पताल कोभिड– १९ परीक्षण प्रयोगशाला र चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा १६५ जनाको रिपोर्ट पोजेटिभ आएको थियो जसमध्ये १२१ जना चितवनका मात्रै हुन् ।

थपिएका सङ्क्रमितमध्ये ९२ जना भरतपुरका छन् । भरतपुर अस्पतालको प्रयोगशालामा १० महिनादेखि ५६ वर्ष उमेर समूहका १६ पुरुष र ७ देखि ७६ वर्ष उमेर समूहका २६ महिला गरी ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । उता चितवन मेडिकल कलेजको प्रयोगशालामा भरतपुरका ५० जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै, पूर्वी चितवनको रत्ननगरका २० जनामा कोरोना पुष्टि भएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा तीन तथा चितवन मेडिकल कलेजमा १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । खैरेनीका सात तथा राप्ती, कालिका र इच्छा कामना गाउँपालिकाका समान एक–एक जनामा कोरोना पुष्टि भएको छ । –रासस