शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

एनआईसी एशिया बैंकको तेस्रो त्रयमासिक वित्तीय नतिजा सार्वजनिक

दैनिक नेपाल २०७८ वैशाख १५ गते ११:०६

काठमाडौं, १५ वैशाख । एनआईसी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७७–७८ को तेस्रो त्रयमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् ।

कोरोना महामारीका कारण सिर्जित असहज अवस्था, अर्थतन्त्रमा आएको अस्थिरता, आर्थिक गतिविधिमा आएको कमी जस्ता विषम परिस्थितिका बाबजुद पनि यस बैंकले तेस्रो त्रयमाससम्ममा व्यवसार्यतर्फको कर्जामा वार्षिक विन्दुगत आधारमा ४८ प्रतिशत तथा स्वदेशी मुद्राको निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ५० प्रतिशतको उत्साहजनक बृद्धि गरी वार्षिक प्रति शेयर आम्दानी रू. ३४.८७ आर्जन गर्न सफल भएको विज्ञप्तिमा उल्लेख छ ।

बैंकले गत वर्षको सोही अवधीको तुलनामा २०.०७ प्रतिशतले मुनाफा वृद्धि गर्न सफल भई रू. ३ अर्ब खुद मुनाफा आर्जन गरेको छ । बैंकको स्व–पुँजीमा प्रतिफल २१.५२ प्रतिशत रहेको छ । जुन मुलुकका वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान गरिएको छ ।

बैंकले तेस्रो त्रयमाससम्ममा कर्जातर्फ रू. ८६ अर्बले वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ४८ प्रतिशत (रू. ८५ अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम रू. २६० अर्ब पु¥याउन सफल भएको छ ।

जुन मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब रू. ६०५ अर्बको कुल कर्जा वृद्धिमा यस बैंकको १४.२१ प्रतिशतको हिस्सा रहेको छ ।

बैंकको स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ रू. ७८ अर्बले वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ५० प्रतिशत (रू. ९५ अर्व) ले वृद्धि गरी कुल स्वदेशी मुद्राको निक्षेप संकलन रू. २८६ अर्ब पुर्‍याउन बैंक सफल भएको छ । जुन मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब रू. ४२७ अर्बको कुल वृद्धिमा यस बैंकको हिस्सा १८.१८ प्रतिशत रहेको छ ।

यस विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई गत वर्षको अन्त्यमा ०ं.७५ प्रतिशत रहेको निष्कृय कर्जालाई यस तेस्रो त्रयमाससम्ममा ०.४७ प्रतिशतमा घटाउन बैंक सफल भएको छ ।

प्रतिक्रिया
सम्बन्धित