२९ आश्विन २०८३, बिहिबार

नयाँदिल्लीमा धनगढीका मनोजको कोरोनाबाट मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली । भारतमा धनगढीका मनोज भट्टको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

धनगढीको फूलबारीमा घर भई भारतको दिल्लीमा काम गर्दै आएका भट्टको कारोना संक्रमणबाट मृत्यु भएको हो ।

सुदूरपश्चिमेली नेपाली समाज भारत, दिल्ली राज्य समितिका पूर्व कोषाध्यक्ष समेत रहेका भट्टको दिल्लीबाट अक्सिजनको कमी भएपछि महाकाली अस्पताल महेन्द्रनगर ल्याउँदै गर्दा मुरादाबादमा मृत्यु भएको हो ।

भारतका दर्जनौ अस्पतालमा भर्नाका लागि ठाउँ नपाएपछि नेपाल ल्याउँदै गर्दा उनको मृत्यु भएको सुदूरपश्चिमेली नेपाली समाज भारतका अध्यक्ष दीपक मल्लले बताए ।