शनिबार, २९ वैशाख २०८१
DainikNepal.com
शनिबार, २९ वैशाख २०८१

एनआरएनले दिएको दोस्रो जीवन, गाउँगाउँमा एनआरएनएको प्रसंशा

दैनिक नेपाल २०७८ वैशाख १४ गते १४:३१

काठमाडौँ, १४ वैशाख । गत अक्टोवर महिनामा काठमाण्डौँस्थित त्रिभुवन विमानस्थलमा एक जना यात्री ह्वील चेयरमा उत्रिए ।

उनको खुट्टा चल्ने अवस्थामा थिएन । विमानबाट स्वयसेवकहरुले झ्याकुटी पारेर उतारेका थिए । शारीरिक रुपमा निकै कमजोर र अशक्त थिए उनी । बोल्न सक्दैनथे । खुट्टामा जुता चप्पल समेत थिएनन् । मुस्किलले ज्यान बचाएर स्वदेश फर्किएका झापा जिल्ला, बिर्तामोड नगरपालिका वडा नं १० निवासी ३५ वर्षिय प्रकाश गुरुङ्ग अहिले ठमठम हिड्छन् । शारिरीक रुपमा पनि तन्दुरुस्त छन् ।

नेपाल फिरेको झण्डै ६ महिनाको अन्तरालमा गुरुङ्गले नयाँ जीवन पाएका छन् । उनका आफन्तहरु समेत उनको स्वास्थ्य स्थितिमा आएको सुधार देखेर चकित छन् ।

गुरुङ्गका आफन्त मध्येका एकले भने कस्तो अवस्थामा नेपाल आएको थियो अहिले कस्तो राम्रो भयो, हामी त कल्पना पनि गरेका थिएनौ यस्तो सुधार होला भनेर । अहिले उनको स्वास्थ्य स्थिति निकै सुधार छ, केही हिंडडुल गर्न सक्छन् ती आफन्तले बताए ।

अहिले छरछिमेकमा समेत खुशीयाली छ । गैरआवासीय नेपाली संघले गत वर्ष देशी शुरु गरेको मानवीय उद्धारको सहयोगको प्रसंशा गाउँगाउँ सम्म हुने गरेको छ ।

प्रकाश अहिले फुर्शदको बेला साथीभाईहरुसंग गफिएर बस्ने गर्छन् । उनको खुशीको सिमा छैन् । “सबैको सामुहिक प्रयास हुँदा अप्ठ्यारोमा परेका मानिसको जीवन कति सहज बन्दो रहेछ भन्ने कुराको ज्वलन्त उदाहरण हुन् प्रकाश गुरुङ्ग” ।

उनी बैदेशिक रोजगारीका सिलसिलामा सन् २०१३ मा साउदी अरवमा गएका थिए । जटिल स्वास्थ्य समस्याका कारण झण्डै ७ बर्ष साउदी अरबको अस्पतालमा भर्ना भई झण्डै अचेत अवस्थामा रहेका उनलाई गैर आवासीय नेपाली संघले नेपाली राजदुतावाससंगको समन्वयमा गत अक्टोवरमा अन्तिम साता संघको राहत तथा उद्दार कार्यक्रम अन्तर्गत सकुशल उद्दार गरी नेपाल फर्काएको थियो ।

गुरुङ्गलाई नेपाल सम्म फर्काउने कार्यमा साउदीस्थित गैर आवासीय नेपाली संघका पदाधिकारीहरु, नेपाली राजदुतावास साउदी अरेविया तथा संघका उपाध्यक्ष एवं बैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा.बद्री के.सी.ले महत्वपुर्ण भुमिका खेलका थिए ।

गैरआवासीय नेपाली संघको बैदेशिक रोजगार तथा कल्याणकारी विभागले मध्यपूर्वमा अलपत्र परेका नेपालीहरुको उद्धारको कार्य जारी राखेको छ । संघले हाल सम्म १७ हजार भन्दा बढीको उद्धार गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित