९ कार्तिक २०८३, सोमबार

कोरोना र निषेधाज्ञाका कारण उपत्यका छाड्नेहरूको भिड बढ्यो

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ वैशाख । वैशाख १६ गतेदेखि निषेधाज्ञा शुरु हुने भएपछि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरूको भिड लागेको छ ।

गंगबु नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बल्खुसहितका स्थानमा यात्रुको भिड देखिएको हो । सरकारले कम्तिमा दुई हप्ता काठमाडौंमा निषेधाज्ञा लगाउने जनाएको छ ।

निषेधाज्ञाका बेला काठमाडौंमा बस्दा खानपिनमा समस्या हुनेभन्दै सर्वसाधारणहरू स–परिवार आफ्नै गाउँ फर्किन लागेका हुन् ।

कोरोनाभाइरसको संक्रमण तीव्र रूपमा फैलिएको र त्यसको चेन ब्रेकका लागि भन्दै सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने जनाएको छ ।

निषेधाज्ञा लागेपछि पेशा व्यवसाय बन्द हुने भएकाले मानिसहरू घर फर्कन थालेका छन् ।