मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

ओपो एफ १९ प्रोका सफल ३ विशेष फिचर्सहरू

दैनिक नेपाल २०७८ वैशाख १४ गते ७:४२

काठमाडौं, १४ वैशाख । ओपोले मार्च महिनामा आफ्नो नयाँ ह्यान्डसेट ओपो एफ १९ प्रो नेपालमा सार्वजनिक गरेको छ ।

छोटो अवधिमै निकै लोकप्रियता पाएको उक्त ह्याण्डसेटले, अल्ट्रा स्लिक स्मार्टफोन बडीमा फेशनेवल प्रविधि समाहित गर्दै प्रयोगकर्तालाई प्रिमियम डिजाइन तथा फञ्शनको साथमा उत्कृष्ट भिडियो, एआई कलर पोट्रेट भिडियो, ३० वाट भोक फ्ल्याश चार्ज ४.० लगायत फिचरका साथमा उत्कृष्ट प्राविधिक अनुभूति प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ ।

उपाभेक्ताले यो ह्याण्डसेटलाई किन यत्ति रुचाइरहेका छन् त ? उपभोक्ताका प्रतिक्रियाका आधारमा एफ १९ प्रोलाई बजारमा उपलब्ध अन्य उपकरणभन्दा पृथक बनाउन सघाएका तीन उत्कृष्ट फिचर्सका बारेमा कम्पनीले जानकारी दिएको छ ।

एफ १९ प्रोमा ४८ एमपी मेन क्यामेरा सहितको क्वाड क्यामेरा सेटअप उपलब्ध छ ।

फोटो तथा भिडियोमा डेप्थ थप्नका लागि कन्सर्टहरूमा मेन क्यामेरा ८ एमपी अल्ट्रा वाइड एंगल क्यामेरा, २ एमपी माक्रो क्यामेरा र २ एमपी मोनो क्यामेराका साथमा काम गर्छ ।
प्रयोगकर्ताका लागि सेल्फीले पनि उत्तिकै महत्व राख्ने कम्पनीले जनाएको छ ।

यही कुरालाई दृष्टिगत गर्दै फोनमा ३२एमपी फ्रण्ट फेसिङ क्यामेराको प्रयोग गरिएको छ ।

उत्कृष्ट भिडियोका लागि हार्डवेयरका साथै सफ्टवेयर र पोष्ट प्रोसेसिङका लागि समेत फोनमा कम्पनीले राम्रो ब्यवस्था गरेको छ ।

एफ १९ प्रोमा भिडियोलाई आकर्षक देखाउन एआई कलर पोट्रेट भिडियोलाई परिस्कृतिकरणका साथ भिडियोमा प्रयोग गर्न मिल्ने तरिकाले उपलब्ध गरिएको छ ।

फोटोग्राफी भ्यारियण्टमा एआई कलर पोटे«ट भिडियोले, भिडियो शटको मान्छे पहिचान गरे जस्तै, एफ १९ प्रोले ब्याकग्राउण्डका मानिसलाई बुद्धिमताका साथ छुट्याउँछ ।

शटमा रहेको मानिसलाई चहकिला रंगले हाइलाइट गर्दै ब्याकग्राउण्डमा मोनोटोन ब्ल्याक वा ह्वाइट फिल्टरको प्रयोग मार्फत पोट्रेटको विषयलाई झल्किन सघाउँछ ।

रंगमार्फत आफ्नो रचनात्मकता भिडियोद्वारा प्रदर्शित गर्न चाहनेहरुका लागि ओपो एफ१९ प्रोमा मोनोक्रोम भिडियो फिचरपनि उपलब्ध छ ।

यसले कुनैपनि शटमा सिंगल आरजीबी रंगलाई बढावा दिनुका साथै अन्य रंगका प्यालेट्स फिल्टरआउट गरी फुटेजमा नाटकीयपन ल्याउँछ ।

फोनमार्फत आफ्ना दैनिकी रेकर्ड गर्न रुचाउने भ्लगर्सका लागि ओपोले दूई दृष्टिकोण एकै पटक कैद गर्न सघाउने डुअल भ्यू भिडियो फिचरपनि सार्वजनिक गरेको छ ।

यसको सहायताले एकै साथ फ्रण्ट र रियर क्यामेरामार्फत भिडियो खिच्न सकिन्छ ।

कन्सर्ट लगायत समारोहका शट्समा स्थिरता दिन वा चहलपहलका कारण भिडियो बिग्रिने सम्भावनाबाट जोगाउन यसमा ईआईएस फिचरपनि दिइएको छ ।

फोटोमा उत्कृष्टताका लागि ओपोले डायनामिक बोके, नाइट फ्लेयर पोट्रेट लगायत ईफेक्टहरु पनि फोनमा उपलब्ध गराएको छ ।

एआई कलर पोटे«ट, एआई ब्यूटिफिकेशन २.० जस्ता फिचर्सले फोटोमा रहेका मानिस वा मानिसको समूहका प्राकृतिक सौन्दर्यमा निखार ल्याउँदै फोटोमा उत्कृष्टता प्रदान गर्न सघाउँछ ।

एफ १९ प्रोमा रहेको एआई सिन ईन्ह्यान्समेन्ट २.०ले २० प्रकारका ल्याण्डस्केप शट्को पहिचान गर्ने क्षमता राख्नुका साथै पिक्सेल बाई पिक्सेल कलर स्चाचुरेशन र कन्ट्रास्टमा सुधार ल्याउने कार्य गर्छ ।

प्रतिक्रिया
सम्बन्धित