मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

आइएमई जनरल इन्स्यौरेन्सको २३औँ साधारण सभा सम्पन्न

दैनिक नेपाल २०७८ वैशाख १३ गते ७:५२

काठमाडौं, १३ वैशाख । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

इन्स्योरेन्सले आइतबार जुमको माध्यामबाट कम्पनीको २३औं साधारण सभा अनलाईन रुपमा संचालन गरेको हो । कार्यक्रममा अध्यक्ष हेमराज ढकालले शेयरधनीहरूलाई स्वागत गरेका थिए ।

अध्यक्ष ढकालले देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको बताए । उनले हाल बीमा सम्बन्धमा जनमानसको सोचमा क्रमश परिवर्तन भई रहेकोले आगामी दिनमा नेपाली बीमा बजार अझै फराकिलो हुने बताएका छन् ।

कम्पनीको व्यावसायमा भएको विस्तारसँगै जोखिम धारण क्षमतामा समेत बृद्धिको लागि कम्पनीले चुक्ता पुँजी र नेटवर्थमा वृद्धि गर्न आवश्यक हुने हुनाले हालको चुक्ता पुँजीको ७ प्रतिशतको दरले बोनस शेयर प्रदान गर्ने र सो पश्चात कम्पनीको नियमक निकाय बीमा समितिबाट स्वीकृत भए पश्चात जारी गर्ने गरी ४० प्रतिशतले हकप्रद शेयरको प्रस्ताव कम्पनीको २३औं साधारण सभाबाट पारित भएको छ ।

उल्लेखित पुँजी बृद्धि सम्बन्धी विशेष प्रस्ताव स्वीकृति भएको हुनाले बोनस तथा हकप्रद शेयर जारी भए पश्चात कम्पनीको चुक्ता पुँजी १ अरब ६२ करोड ६ लाख २० हजार ४ सय पुग्ने ढकालले जानकारी गराए ।

प्रतिक्रिया
सम्बन्धित