
काठमाडौं, १२ वैशाख । सौन्दर्यकर्मी कञ्चन श्रेष्ठले रिभान्स ब्युटी पोइन्ट सञ्चालनमा ल्याएकी छिन् ।
नयाँ बानेश्वर चोकस्थित रिभाम्प ब्युटी पोइन्टको बरिष्ठ सौन्दर्यविद तथा समाजसेवी सोनी काररञ्जितले औपचारिक उद्घाटन गरिन् । उक्त अवसरमा सौन्दर्यकर्मी उषा गुरुङ, पत्रकार डब्बु क्षेत्री, सरिता भारतीलगायत ब्युटीसियन तथा स्थानीय व्यक्तित्वहरुको समेत उपस्थिति थियो ।
युवा व्यवसायी सौन्दर्यकर्मी कञ्चन श्रेष्ठद्वारा सञ्चालित रिभाम्प ब्युटी पोइन्ट उक्त क्षेत्रको अत्याधुनिक प्रविधिमार्फत सौन्दर्यसम्बन्धी सम्पूर्ण सुबिधा सम्पन्न ब्युटी पार्लर भएको बताइएको छ । विगत लामो समयदेखि सौन्दर्य पेशामा रहेर बटुलेको आफ्नो अनुभबलार्इ आफ्नै ठाउँमा केही गरौं भन्ने उद्देश्यका साथ ब्युटी पार्लर सञ्चालनमा ल्याइएको श्रेष्ठले बताइन् ।

रिभाम्प ब्युटी पोइन्टमा अनुभवी सौन्दर्यकर्मीमार्फत ग्राहकहरुलाइ सेवासुबिधा प्रदान गरिने तथा महिलाहरुलार्इ चाहिने सौन्दर्य सामग्री समेत विक्रीवितरण हुने बताइएको छ ।
आफ्नो व्यावसायिक सफलताको श्रेय आफ्नो परिवार तथा आफ्नी गुरुआमा सोनी काररञ्जितलाइ दिने उनी बताउँछिन् ।
रोज शीप विकास तालिम केन्द्रकी अध्यक्ष तथा प्रमुख अतिथि बरिष्ठ सौन्दर्यविद सोनी काररञ्जितले पार्लरको रिबन काट्दै आफ्ना विद्यार्थीहरुले शीप सिकेर आत्मानिर्भर भएकामा खुशी व्यक्त गर्दै रिभाम्प ब्युटी पोइन्टले सौन्दर्य क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिन् ।















प्रतिक्रिया