१४ कार्तिक २०८३, शनिबार

सतर्क नभए लकडाउन गरिने

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ वैशाख । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरिए लकडाउन गरिने जनाएको छ ।

शनिबार बालुवाटारमा उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित ८ मन्त्री, १२ जना सचिव, सुरक्षा अंगका प्रमुखहरु र अन्य केही कर्मचारीको संलग्नतामा एउटा महत्वपूर्ण बैठकले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष कोरोनाको बढ्दो जोखिमबारे ब्रिफिङ गरेको थियो ।

जसमा नेपालले कोरोना संक्रमणबाट भोग्नुपरेका समस्याहरुको बारेमा छलफल भएको थियो ।

शनिबारको बैठकमा सबैको साझा धरणा सरकारले वैशाख ६ गते जारी गरेको आदेश पालना नभए लकडाउन गर्नुपर्ने निष्कर्ष निकाले थियो ।

कलेजका विद्यार्थीहरु पनि सडकमा देखिए । सार्वजनिक यातायात र फुटपाथको भीडभाड पनि उस्तै देखियो । कार्यालयहरूमा कर्मचारी घटेका छैनन्, जात्रा र कार्यक्रमहरुमा भीडभाड देखियो ।

सिमानामा होल्डिङ सेन्टरहरु बनाउने भने पनि आवतजावत अनियन्त्रित रह्यो । अस्पतालहरुमा बेड र स्वास्थ्य सामग्रीको अभाव हुन थालिसक्यो । सबैतिर लठिभद्र स्थित देखियो ।

यस्तो अवस्थामा यातायातमा जोरबिजोर तथा कार्यालयमा आधामात्र कर्मचारी खटाउने लगायत कार्य गर्नुपर्ने सुझाव दिइएको छ ।

शनिबार बालुवाटारमा छलफल मात्रै भएको बताइएको छ । लकडाउन गर्नुपर्ने हुन सक्छ भन्ने निष्कर्ष निस्किए पनि त्यसबारे कुनै निर्णय नभएको बताइएको छ ।

अहिले स्वास्थ्य मन्त्रालयले पनि लकडाउन भन्दा पहिले मोबिलिटि रेस्ट्रिक्सनमा ध्यान दिनुपर्ने बताउँदै आएको छ ।