१४ कार्तिक २०८३, शनिबार

८ हजार बढी पर्यटन व्यवसायीले लगाए कोरोना खोप

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ११ वैशाख । काठमाडौँ उपत्यकाका आठ हजारभन्दा बढी पर्यटन व्यवसायीलाई कारोना खोप लगाएका छन् ।

ठमेल पर्यटन विकास परिषद्को पहलमा यही वैशाख ४ गतेदेखि आजसम्म आठ हजारभन्दा बढी पर्यटन व्यवसायीलाई पिपल्स मेडिकल कलेज बालाजुमा कोरोना भाइरसविरुद्धको चिनियाँ खोप (भेरोसेल) प्रदान गरिएको हो ।

परिषद्का उपाध्यक्ष एवं कोभिड–१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिका संयोजक भविश्वर शर्माले स्वास्थ्य सेवा विभागको सहकार्यमा ठमेल क्षेत्रमा कार्यरत पर्यटन व्यवसायीलाई उक्त खोप प्रदान गरिएको जानकारी दिए ।

“स्वास्थ्य सेवा विभागले पर्यटन व्यवसायीका लागि १० हजार डोज खोप उपलब्ध गराए पनि हालसम्म आठ हजार ३०० को हाराहारीमा खोप प्रदान गरिसकेका छौँ”, उनले भने । खोप अभियानलाई प्रभावकारी र सफल बनाउनका लागि परिषद्ले ३० जना स्वयंसेवकसमेत परिचालन गरेको छ ।

नेपाल आउने ८० प्रतिशत पर्यटक ठमेल घुम्न आउने भएकाले ठमेल क्षेत्रका व्यवसायीलाई सुरक्षित बनाउनका लागि कोरोना खोप अभियानलाई तीव्रता दिएको उनको भनाइ छ । परिषद्ले चार हप्तापछि दोस्रो चरणको भ्याक्सिन सोही ठाउँमा उपलब्ध गराउने जनाएको छ । –रासस