३ कार्तिक २०८३, मंगलबार

विकाश लामिछाने र समीक्षा पोखरेलको नयाँ गीत ‘यो जीन्दगीको’ बजारमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । विकाश लामिछाने र समीक्षा पोखरेलको नयाँ गीत ‘यो जीन्दगीको’ बजारमा आएको छ ।

‘यो जीन्दगीको’ शीर्षकमा रहेको गीतमा गायक सत्यराज आचार्यले स्वर दिएका छन् । गीतकार प्रमिला बस्नेतको शब्द सुन्न सकिन्छ भने संगीत सरोज प्याकुरेलको रहेको छ ।

रोमान्टिक र जीवन्त अभिनय रहेको गीतको भिडियोमा सरोज प्याकुरेलको निर्देशन गरेका छन् । गीतमा प्रेमील जोडीबीचको भावनात्मक सम्बन्धलाई निकै कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।

गीतको म्युजिक भिडियोको छायाङ्कन बासु बरालले गरेका हुन् भने कोरियोग्राफी केशवराज भट्ट र दिन्सोन शाहको सम्पादन समाबेश छ ।