शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

बियर पिउँदा यस्ता छन् फाइदा

दैनिक नेपाल २०७८ वैशाख ८ गते ७:३८

Glass of beer on wooden rustic table with wheat ears and hop cones in front of hop plantation.

काठमाडौं । बियर पिउँदा कुनै फाइदा हुँदैन । यसले मोटोपन बढाउँछ भन्ने आम विश्वास छ । बियर शरीरका लागि हितकारी पनि छ भन्ने एक अध्ययनले देखाएको छ । ओरेगन विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार बियर पिउँदा ९ प्रकारका फाइदा हुन्छन् ।

१. बियर पिउनाले मिर्गौलामा पत्थरी हुने सम्भावना कम हुन्छ । प्रत्येक दिन एक वा दुई गिलास बियर पिउनाले पत्थरी हुने सम्भावना ४० प्रतिशतले घट्ने गर्छ । पत्थरीमा हुने मुख्य तत्त्वलाई बियरले घोलेर पिसाबसँग बाहिर फालिदिने हुनाले पत्थरीको सम्भावना कम हुन्छ ।

२. बियर पिउने हो भने ह्दय घातबाट बच्न सकिन्छ । आर्टरीमा भएको बोसो तथा कोलेस्टरोल हल्का मात्रामा बियर खाने हो भने कम हुन्छ ।

३. स्ट्रोकको खतरालाई पनि बियर पिएर कम गर्न सकिन्छ । विशेषगरी रगत जमेर दिमागमा अक्सिजन तथा रगत सञ्चार नहुने खतराबाट ठिक्क मात्रामा बियर लिने हो भने कम हुन्छ ।

४. हाम्रो शरीरमा भएका हाडलाई बलियो र मजबुत पार्ने काममा बियरले सहयोग गर्दछ । हाडलाई मजबुत गर्ने तत्त्व भनेको सिलिकन हो । बियरमा सिलिकन अत्यधिक मात्रामा पाइन्छ ।

५. मधुमेहका बिरामीलाई बियर निकै हितकारी मानिन्छ । दिनमा एक गिलास बियर खानाले टाइप २ नामको मधुमेह हुने खतरा २५ प्रतिशतले कम हुने गर्दछ ।

६. अल्जाइमर्स वा सम्झने क्षमता कम भएका मानिसलाई बियर लाभदायक मानिन्छ । बौद्धिक क्षमता ह्रास हुनबाट पनि यसले बचाउँछ । सही मात्रामा बियर खानाले दिमागमा रक्तसञ्चार भइरहन्छ जसले गर्दा दिमागमा भएका रासायनिक तत्त्वमा सकारात्मक प्रभाव पर्छ । विशेषगरी सिलिकनले अल्जाइमरको मुख्य कारक तत्त्व आल्मुनियमबाट दिमागलाई बचाउँछ ।

७. निद्रा नलाग्ने समस्याबाट पीडितका लागि बियरले औषधिको काम गर्दछ । दिमागमा डोपामाइन हार्मोन कम भएपछि मानिसलाई तनाव हुने र निद्रा नलाग्ने हुन्छ । केवल एक चम्चा बियर खाने हो भने डोपामाइनको मात्रा बढ्दछ, जसले गर्दा मानिसले हल्का तथा आनन्द महसुस गर्छ ।

८. राति आँखा नदेख्ने मानिसलाई बियर अमृत नै मानिन्छ । तर, यसको मात्रा भने ठीक्क हुनु आवश्यक छ । आँखामा भएको माइक्रोकोन्ड्रिय खराब भएपछि मानिसले आँखा देख्दैनन् । आँखामा भएको यस भागलाई स्वस्थ राख्न बियरमा भएको एन्टिअक्सिडेन्टले निकै ठूलो भूमिका खेल्दछ ।

९. बियरले क्यान्सर हुने जोखिमलाई पनि कम गर्दछ । यसमा भएका केही तत्त्वलाई क्यान्सर तथा शरीर दुख्ने अन्य रोगसँग लड्नका लागि प्रयोग गर्न सकिन्छ । बियरमा हुने ह्युमुलोन्स तथा लुपुलोन्स नामक एसिडले हाम्रो शरीरमा ब्याक्टेरियाको वृद्धिलाई रोक्छन् भने तथा रोग लाग्नबाट पनि बँचाउछन् । साथै यी तत्त्वले क्यान्सरलाई पनि नियन्त्रण गर्छन् ।

प्रतिक्रिया
सम्बन्धित