शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

‘प्रेमको चिनो’मा प्रमोद खरेलको आवाज, समिर र उषाको अभिनय

दैनिक नेपाल २०७८ वैशाख ७ गते ९:५४

काठमाडौं, ७ वैशाख । सुगम संगीतमा निकै रुचाइएका गायक प्रमोद खरेलको आवाजमा ‘प्रेमको चिनो’ म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ ।

प्रेम र रोदनलाई गीतमा मार्मिक रुपमा प्रस्तुत गरिएको छ । मायामा पाएको चोटलाई गीतकारले निकै भावुक रुपमा प्रस्तुत गरेका छन् । डीआर लामिछानेको शब्द तथा लक्ष्मण शर्माको संगीत संयोजन गीतमा छ ।

जीवनमा पाएको चोटहरुलाई गीतमा व्यक्त गरिएको छ । दिपक गिरीको छायाँकन, निरन्जन केसीको सम्पादन तथा निशान एस के को निर्देशनमा भिडियो निर्माण गरिएको हो ।

‘प्रेमको चिनो’मा समिर खान र उषा उप्रेतीको अभिनय रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित