
काठमाडौँ, ६ वैशाख । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक वैशाख १० गतेसम्मका लागि स्थगित भएको छ ।
सोमबार बसेको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।
यस्तै आजको बैठकले राष्ट्रिय प्रतिनिधि परिषदको बैठक साउन २५ देखि २७ गतेसम्म राख्ने निर्णयसमेत गरेको छ ।
त्यस्तै, एमालेको केन्द्रीय महाधिवेशनमा मनोनित भएका सबै केन्द्रीय सदस्यहरू अब नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुने भएका छन् ।
एमाले केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठकले पुस ७ गते तत्कालीन नेकपा केन्द्रीय कमिटीमा मनोनित भएका ११ सयभन्दा बढी नयाँ सदस्यहरूलाई एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यमा रुपान्तरित गरेको हो ।
यो परिषदले विधान संशोधन लगायतका निर्णय गर्न पाउँछ ।
त्यस्तै, आजको बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने तथा गर्न लगाउने केन्द्रीय नेतृत्वका माधवकुमार नेपाललगायतलाई अन्तिम चेतावनीसहित स्पष्टिकरण सोधेको छ ।












प्रतिक्रिया