
काठमाडौँ, ६ वैशाख । पूर्व निर्धारित कुनै पनि परीक्षाहरु नरोक्ने सरकारले निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारले पूर्व निर्धारित परीक्षाहरु स्वास्थ्य मापदण्ड अपनाएर सुचारु गर्ने निर्णय गरेको हो ।
त्यस्तै, शहरी क्षेत्रका विद्यालयहरुको भौतिक उपस्थितिमा कक्षाहरु बन्द गर्ने तर अनलाईन माध्यमद्वारा पठनपाठन भने निरन्तरता दिने निर्णय गरेको छ ।












प्रतिक्रिया