
काठमाडौँ, ६ वैशाख । कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका ५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
उनीहरुलाई सोमबार संक्रमण देखिएको हो ।
कलाकार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूसहित परिवारका सदस्यहरूमा संक्रमण देखिएको जानकारी दिएका छन् ।
‘मलगायत छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजेटिभ देखिएको छ,’ उनले भनेका छन् ।
‘कोरोना भइसकेपछि सास्ती हुने रहेछ त्यसैले यो भाइरसलाई खेलाँची नगर्नु होला,’ उनले भनेका छन्, ‘जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला।’
त्यस्तै, आजै उनको जन्मदिन परेको छ । आफूलाई शुभकामना व्यक्त गर्नेप्रति पनि धन्यवाद ज्ञापन गरेका छन् ।












प्रतिक्रिया