१४ कार्तिक २०८३, शनिबार

यी स्थानहरुमा विद्यालय बन्द

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ वैशाख । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले बालबालिकाहरुमा कोरोनाभाइरसको संक्रमण तीव्र बनेकाले उच्च जोखिमका स्थानमा विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाएका छन् ।

मन्त्री श्रेष्ठले ललितपुरमा सोमबार आयोजित एक कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै २५ वर्षभन्दा मुनिकाहरु धेरै संक्रमित भएको जनाउँदै विद्यालय बन्द गर्नुपरेको बताएका छन् ।

त्यस्तै, जेठमा सञ्चालन हुने एसईई र कक्षा १२ को परीक्षाको विषयमा सरकारले कुनै निर्णय नगरेको बताउँदै त्यस विषयमा अवस्था हेरेर विश्लेषण गरिने बताएका छन् ।

मन्त्री श्रेष्ठले कोभिडले बढी प्रभावित १४ जिल्ला र केही शहरका शिक्षण संस्था बन्द गर्ने निर्णय भएको बताउँदै सरकारले वैशाख मसान्तपछि बन्द गर्ने वा नगर्ने भन्ने विषयमा अवस्था हेरेर थप निर्णय हुने बताए ।

उनले विद्यालयहरु बन्द गरिएपनि अनलाइन कक्षाहरु भने नियमित सञ्चालन गरिने बताए ।

बैठकले संक्रमणको जोखिम बढेको भन्दै काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, बिराटनगर, इटहरी, धरान, वीरगंज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुुर, नेपालगंज, धनगढी, भीमदत्त नगरमा विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।