शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

एनआरएनए अमेरिकाका पूर्व बोर्ड सदस्य संजय थापाले दिए आइसीसीको सदस्यमा उम्मेदवारी

दैनिक नेपाल २०७८ वैशाख ६ गते १५:५७

काठमाडौँ, ६ वैशाख । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको पूर्व बोर्ड सदस्य संजय थापाले संघको अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) सदस्य पदका लागि उम्मेदवारी दिएका छन् ।

लामो समयदेखि न्यूयोर्क बस्दै आएका थापाको जन्म काठमाडौँको गोकर्णमा भएको हो ।

थापाले काठमाडौँकै आनन्दकुटी हाईस्कुलबाट एसएलसी, अमृत साईन्स क्याम्पसबाट आईएस्सी, पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट डिप्लोमा र भारतको मद्रास कलेज अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक सम्मको अध्ययन पूरा गरेका छन् ।

उनी विगतलाई सम्झिँदै भन्छन्, ‘उच्च शिक्षा आर्जनको लागि अमृत साईन्स क्याम्पस (अस्कल) जाने पहिलो दिनमै राजाको सवारी कारण कलेज बन्द गरिएपछि मभित्र राज्य र शासकप्रति एक किसिमको वितृष्णा जाग्यो ।’

त्यस्तै उनी तत्कालीन कलेजमा क्रियाशील अखिल नेपाल विद्यार्थी युनियन अन्तर्गत अस्कल सह–प्रारम्भिक कमिटीको सचिव भएर विद्यार्थीहरुको हक, हित र अधिकारको लागि काम गरे ।

त्यस्तै, भारतमा उच्च शिक्षा हासिल गर्ने क्रममा अखिल भारत नेपाल स्वतन्त्र विद्यार्थी युनियन मद्रास नगर कमिटीको अध्यक्ष एवं तत्कालिन मद्रास शहरमा पढ्ने नेपाली विधार्थीहरुको संस्था युनियन अफ नेप्लिज स्टुडेन्टको अध्यक्ष समेत रहेर काम गरे ।

अध्ययनपछि थापाले स्थानिय विकास मन्त्रालय अन्तर्गत फोहोर मैला तथा श्रोत परिचालन केन्द्रमा काम गरे । पछि आफ्नै निर्माण कम्पनी मार्फत व्यवसाय सुरु गरी २०५४ सालमा काठमाडौँ जिल्ला विकास समितिको क्षेत्र नं. ३ बाट सदस्यमा निर्वाचित भएपछि ५ वर्ष काम गरे ।

नेपालमा रहँदा विभिन्न सरकारी एवं गैरसरकारी संघ संस्थामा सक्रिय भईरहने क्रममा थापाले लायन्स क्लव नेपालको एक कार्यक्रममा सहभागी हुन २००६ सालमा अमेरिका जाने अवसर प्राप्त गरे ।

सन् २००७ मा लायन्स क्लवकै एक कार्यक्रममा सहभागि हुन अमेरिका आएको बेला नेपाल फर्कन केहि आर्थिक जोहो गर्ने क्रममा एक कम्पनीमा आफ्नै अध्ययन अनुसारको काम गर्ने अवसर प्राप्त गरेसँगै उनी स्थायी रुपमा सपरिवार अमेरिका बस्दै आईरहेका छन् ।

नेपाल हुँदा बिभिन्न सामाजिक संघ/संस्थाको बिभिन्न तह र तप्कामा रहेर काम गरेको अनुभवलाई अमेरिकामा रहेका नेपाली समुदायबीच बाँडने मौका उनलाई युनाईटेड नेप्लिज डेमोक्रेटिक फोरम (युएनडिएफ) ले (पछि परिवर्तित नाम प्रवासी नेपाली मञ्च) जुराई दियो ।

उनी भन्छन्, ‘म २००८ मा यस संस्थाको महासचिव हुँदै २०१३ सम्पन्न मञ्चको प्रथम अधिवेसनबाट अध्यक्षमा निवार्चित भएर नेपाल र नेपालीको हितमा केहि न केहि गर्ने अवसर समेत मैले प्राप्त गरेँ ।’

नेपालीको लागि नेपाली भन्ने मूल नारा लिएर स्थापित गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसिसी) अमेरिकामा २०१७–२०१९ मा बोर्ड अफ डाईरेक्टरमा रहेर काम गरेको थिए ।

थापाले एनआरएन अमेरिकाको दुई वर्षे कार्य अनुभवलाई अझ संस्थागत बनाउन र समुदायको हितमा अझ कसरी स्थापित गर्न सकिन्छ भन्ने उद्देश्य अनुरुप संघको २०१९–२०२१‬ को लागि अध्यक्ष पदमा उमेदवारी पनि दिएको बताए । तर यो पटक भने अमेरिकालाइ प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय परिषदको सदस्यको लागि थापा उम्मेदवार भएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित