१४ कार्तिक २०८३, शनिबार

स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँसहित पक्राउ

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ६ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँसहित मोरङ कानेपोखरी गाउँपालिका–७ घर भएका ३३ वर्षीय चुडामणी बस्नेतलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

यति एयरको उडानद्वारा काठमाडौंबाट मोरङ जान लागेका उनलाई विमानस्थलको आन्तरिक उडानतर्फको हेण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्नेक्रममा उक्त स्रोत नखुलेको नगदसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।