
काठमाडौँ, ६ वैशाख । प्रहरीले नक्कली प्रमाणपत्र देखाएर काम गर्ने ७ जना ‘नक्कली डाक्टर’लाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार उनीहरुलाई पश्चिम रुकुमलगायतका स्थानबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा रुकुम पश्चिमको चौरजहारी अस्पतालमा कार्यरत डा.दिपेन्द्र गौतमसहित ७ जना रहेका छन् ।
यसअघि पनि सिआइबीले नक्कली डाक्टरहरुलाई पक्राउ गरेको थियो ।
मेडिकल काउन्सिलको परीक्षामा सहभागी हुन उनीहरुले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्ने गरेको ब्यूरोको प्रारम्भिक अनुसन्धानले खुलाएको छ ।












प्रतिक्रिया