१४ कार्तिक २०८३, शनिबार

एमाले झापा-काठमाडौँ मञ्चद्वारा भित्तेपात्रो सार्वजनिक

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-एसपी उप्रेती

काठमाडौँ, ५ वैशाख । नेकपा एमाले झापा-काठमाडौँ सम्पर्क मञ्चले नयाँ वर्षको भित्तेपात्रो सार्वजनिक गरेको छ ।

बागबजारस्थित होटल हार्दिकमा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमका बीच भित्तेपात्रो सार्वजनिक गरिएको हो ।

भित्तेपात्रोमा झापामा सरकारद्वारा चालु भइरहेका विभिन्न राष्ट्रिय तथा स्थानीय परियोजनाहरु समावेश छन् । त्यस्तै, जिल्लाका विभिन्न सांस्कृतिक तथा पर्यकटीय क्षेत्रहरुलाई पनि समेटिएको छ ।

जसले झापाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने झापा-काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष सुरज कुमार काफ्लेले जनाएका छन् ।

कार्यक्रममा पूर्वमन्त्री तथा पूर्वमहान्यायाधिवक्ता अग्नि खरेललगायत नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।