
काठमाडौँ, ५ वैशाख । पुनः नियुक्त भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पद तथा गोपनियताको सपथ लिएका छन् ।
मन्त्री थापाले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन् ।
मन्त्री थापाले संविधानको धारा ८० बमोजिम मन्त्री पदको सपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसअघि राष्ट्रिय सभाको पद गुमेसँगै मन्त्रीबाट मुक्त भएको थापालाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः नियुक्त गर्दै गृहमन्त्रालयको जिम्मेवारी तोकेकी थिइन् ।












प्रतिक्रिया