३ कार्तिक २०८३, मंगलबार

‘ओ माई लर्ड’मा रोमान्टिक मुडमा देखिए भीम र गरिमा (भिडियो)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ वैशाख । गायक भीम श्रेष्ठ र मोडेल गरिमा शर्मा अभिनित ‘ओ माई लर्ड’ शीर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रोमान्टिक भर्सनको यस गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक भीम श्रेष्ठको छ। गीतलाई शैलेन्द्र एम प्रधान बाबुुले संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा गायक श्रेष्ठ र गरिमा शर्मालाई रोमान्टिक मुडमा देख्न सकिन्छ । अर्जुन तिवारीले छायांकन गरेको गीतलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । शान थापाको निर्देशनमा भिडियो तयार पारिएको हो ।

गायक श्रेष्ठको आधिकारिक च्यानल ‘भीम श्रेष्ठ अफिसिएल’ मार्फत सार्वजनिक गरिएको हो ।