शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

उपत्यकाबाहिर पहिलो पटक पोखरामा सञ्चालनमा आयो अत्याधुनिक सीटी स्क्यान सेवा

दैनिक नेपाल २०७८ वैशाख ५ गते १३:२४

पोखरा, ५ वैशाख । उपत्यकाबाहिर गण्डकी प्रदेशमा पहिलो पटक २५६ स्लाइसको सीटी स्क्यानको सुविधा विधिवत् रुपमा सञ्चालनमा आएको छ ।

तीन वर्षअघि स्थापना गरिएको पोखरा एमआरआई डाइग्नोस्टिक सेन्टरले यो सीटी स्क्यान सेवाको प्रारम्भ गरेको हो । यो सिटी स्क्यान गण्डकी प्रदेशकै ठूलो भएको दाबी गरिएको छ ।

विशेष गरी मुटु, मस्तिष्क फोक्सो, पेट र हातखुट्टाको रगतको नशाहरु लगायत शरीरका विभिन्न अंगहरुको क्यान्सर र बच्चाहरुका लागि कम विकीरण दिएर सीटी स्क्यान गर्ने सुविधा रहेको छ । यस सीटी स्क्यानको सुविधा २४ घण्टा नै उपलब्ध रहने बताइएको छ ।

मुटुको रगत नशाको जाँच कोरोनरी एन्जियोग्राफी गर्न काठमाडौंसम्म जान नपर्ने पोखराका वरिष्ठ डाक्टरहरुद्वारा सञ्चालित उक्त एमआरआई सेन्टरमा विगत ३ वर्षदेखि १.५ टेस्लाको एमआरआई मेमोग्राफी, युएसजी, गाइडेड बायोप्सीको सुविधा उपलब्ध हुदै आइरहेको थियो ।

यस डाइग्नोस्टिक सेन्टरले आईएसओ गुणस्तरका लागि प्रक्रियामा रहेको समेत बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित