३ कार्तिक २०८३, मंगलबार

‘कोरोना महामारीजन्य समयमा साहित्यको भूमिका’ विषयक परिचर्चा सम्पन्न

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ वैशाख । बन्दाबन्दीका कारण स्थगित साहित्य सन्ध्याको नियमित मासिक ४१५औँ शृङ्खला हिजो शनिबार जुम एपको माध्यमबाट सम्पन्न भएको छ ।

प्रविधिमैत्री राष्ट्रिय गोष्ठीका रूपमा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा उक्त श्रृङ्खला सम्पन्न भएको हो । साहित्य सन्ध्याका सल्लाहकार विधान आचार्यको प्रविधि व्यवस्थापन तथा कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहमा ‘कोरोना महामारीजन्य समयमा साहित्यको भूमिका’ विषयमा परिचर्चा समेत गरिएको बताइएको छ ।

कार्यक्रममा प्रमुख अतिथि अग्रज साहित्यकार प्रा. राजेन्द्र सुवेदी थिए भने प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्ष एवम् साहित्य सन्ध्याका सल्लाहकार प्राडा जीवेन्द्र देव गिरी, सन्ध्याका सल्लाहकार विधान आचार्य, डा. रवीन्द्र समीर, प्राडा भीम खतिवडा, अग्रज स्रष्टाहरू सीताराम नेपाल, धीरकुमार श्रेष्ठ, डम्बर पहाडी, गङ्गा कर्माचार्य पौडेल अतिथिका रूपमा उपस्थित थिए ।

गोष्ठीमा चूडा निर्भीक, डम्बर पहाडी ‘एलाक’, विधान आचार्य, धीरकुमार श्रेष्ठ, ललिता दोषी, उर्मिला पन्त पाण्डेय, सीताराम नेपाल, बन्दना पौडेल, देबु लुइटेल, रमेश गौतम पाल्पाली, डा.सावित्री श्रेष्ठ, प्रा.डा.भीम खतिवडा, प्रशान्त खरेल, दीव्यलक्ष्मी पोखरेल, कात्यायन, कृष्णदेव रिमाल, गङ्गा कर्माचार्य पौडेल, प्रा.डा.जीवेन्द्र देव गिरी र राम विनयले आआफ्ना कविता, गजल, गीत, हाइकु वाचन गरेका थिए ।