२९ आश्विन २०८३, बिहिबार

अमेरिकाको म्याडिसनमा एनआरएनए अमेरिकाको चुनावी अन्तरक्रिया सम्पन्न

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ वैशाख । गैर आवासीय नेपाली संघ अमेरिका (एनआरएनए) को २०२१–२०२३ कार्यकालका लागि हुने निर्वाचनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आगामी निर्वाचनको सिलसिलामा अमेरिकाको विस्कनसिन राज्यको राजधानी म्याडिसन शहरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विशेष अतिथिको रुपमा हाल संस्थाका बरिष्ठ उपाध्यक्ष र अध्यक्षका उम्मेदवार अर्जुन बन्जाडे, महासचिबका उम्मेदवार नृपेन्द्र धिताल, कोषाध्यक्षका उमेदवार सत्यन्द्र साह, आइसीसी सदस्यका उम्मेदवार सत्य चौधरी, बोर्ड अफ डाइरेक्टरका उम्मेदवार बिष्णु अधिकारी र विस्कन्सिन च्याप्टरका भाइस प्रेसिडेन्टका उम्मेदवार गगन (शिव) गुरुङ्गलगायतको उपस्थिति थियो ।

कार्यक्रममा उनीहरु सबैले आफ्नो परिचय र मन्तव्य व्यक्त गरेका थिए । विस्कनसिन निवासी रवीन्द्र उप्रेतीले एनआरएन एनसीसीको सहकोषाध्यक्षमा उम्मेदवारीको घोषणा गरेको छ ।

कार्यक्रममा विस्कनसिन लगायत इलिनोइ, आयोवा, मिचिगन राज्यका नेपालीवासीको सहभागिता रहेको थियो ।

कार्यक्रममा अध्यक्षका प्रत्याशी अर्जुन बन्जाडेले आफू अनुभव र संस्थाको वरिष्ठ उपाध्यक्ष भएकाले अध्यक्षको दाबी गरिरहेको बताए । आफूले बोलीमा मात्र नभएर अहिलेसम्म धेरै सामाजिक काम गरेको उनको दाबी छ ।

साथै ओरेगनदेखि आएका नृपेन्द्र धितालले एनआरएन एनसीसी महासचिबमा, न्यूयोर्कदेखि आएका सत्यन्द्र शाहले कोषाध्यक्षमा, विस्कनसिनका रवीन्द्र उप्रेतीले सहकोषाध्यक्षमा, बिष्णु अधिकारीले बोर्ड अफ डिरेक्टरमा, इलिनोइदेखि आएका सत्य चौधरीले आइसीसी सदस्यमा आआफ्नो उम्मेदवारी, अनुभव र दावी प्रस्तुत गरेको थिए ।

कार्यक्रममा अध्यक्षका प्रत्याशी अर्जुन बन्जाडेले आफू अनुभब र संस्थाको बरिष्ठ उपाध्यक्षको नाताले आफ्नो दावी प्रस्तुत गर्नुभयो र आफूले बोलीमा मात्र नभएर अहिलेसम्म धेरै सामाजिक काम गरेको फेरिहस्त सुनाउनुभयो र दर्शकदिर्घाका प्रश्नको उत्तर पनि दिनुभयो ।  साथै ओरेगनदेखि आएका निर्पेंद्र धितालले एनआरएन एनसिसी महासचिबमा, न्यु योर्कदेखि आएका सत्यन्द्र शाहले कोषाध्यक्षमा, विस्कनसिनका रबिन्द्र उप्रेतीले सहकोषाध्यक्षमा, बिष्णु अधिकारीले बोर्ड अफ डिरेक्टरमा, इलिनोइदेखि आएका सत्य चौधरीले आइसीसी सदस्यमा आआफ्नो उमेद्वारी, अनुभव र दावी प्रस्तुत गर्नुभयो । विस्कनसिन च्याप्टरका उपाधक्ष्यका उमेद्वार गगन (शिव) गुरुङ्गले पनि आफू इमान्दारी,कर्म र पारदर्शीतामा विश्वास गर्ने भएकाले सबै विस्कनसिनवासीलाई आफूलाई मतदान गर्न आव्हान गर्नुभयो ।विस्कान्सिनको मिल्वाकीबाट आउनुभएका लक्ष्मण खड्काले म्याडिसन कबि नगरी भएकोले अर्जुन बन्जाडेलाई कवितामार्फत शुभकामन दिनुभएको थियो ।