१४ कार्तिक २०८३, शनिबार

ह्वीप विपरित एमाले सांसदले मतदान गरेपछि मुख्यमन्त्री शाहीको सरकार जोगियो

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ वैशाख । नेकपा एमालेका ४ जना सांसदहरुले पार्टीको ह्वीप उल्लंघन गरेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सरकार जोगिएको छ ।

शुक्रबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत मागेका थिए । काँग्रेससहित एमालेका ४ जना सांसदले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका थिए ।

एमालेका सांसदले भने ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका हुन् । यससँगै कर्णाली सरकार सुरक्षित बनेको छ ।

३९ जना सांसदमध्ये २२ जना शाहीको पक्षमा उभिए । जसमा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र नेकपा एमालेका ४ जना सांसदले शाहीको पक्षमा मतदान गरेका छन् ।

काँग्रेस र माओवादी मिले पनि बहुमत नपुग्ने भएकाले सरकार ढल्ने थियो । तर पार्टीको निर्णय विपरित एमालेका सांसदहरुले गरेको मतदानले शाही नेतृत्वको प्रदेश सरकार जोगिएको छ ।