शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

देवी घर्तीमगरको ‘मुटुको टुक्रा’मा ज्योति र काव्याको अभिनय

दैनिक नेपाल २०७८ वैशाख ३ गते १४:३२

काठमाडौं, ३ वैशाख । गायिका देवी घर्तीमगरको स्वर रहेको ‘मुटुको टुक्रा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

ज्योति गुरुङको शब्द तथा सुरज लामिछानेको संगीत र एरेन्ज रहेको गीतमा एक प्रवासी आमाले स्वदेशमा भएका आफ्नै दुई सन्तानको सम्झना गरेको कथा प्रस्तुत गरिएको छ । भिडियोमा गीतकार ज्योतिकी छोरीको भूमिकामा ६ वर्षकी बाल कलाकार काव्या श्रेष्ठको अभिनय रहेको छ ।

बेलायतमा नै जन्मिएकी काव्याले भिडियोमा अनुभवी कलाकारको जस्तो अभिनय गरेकी छिन् । काव्याले यसअघि तीज र आधुनिक गीतको भिडियोमा बाल कलाकारको भूमिकामा अभिनय गरिसकेकी छिन् ।

उनी बेलायतमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुनुको साथै नेपाली नृत्यको पनि प्रशिक्षण लिइरहेकी छिन् । भिडियोमा ज्योती र काव्याका अलावा अनिश्का थापा, शंकर पाण्डे, सलोनी रन्जितकार र इभा सिंह ठकुरीसँगै बाल कलाकार काव्या श्रेष्ठको पनि अभिनय रहेको छ ।

भिडियोमा कुशल श्रेष्ठको निर्देशन, छायांकन, सम्पादन र परिकल्पना छ । भिडियोमा नवीन निरौलाको कलर, दीपिका श्रेष्ठको मेकअप रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित