
काठमाडौँ, २ वैशाख । सरकार र जनता समाजवादी पार्टीबीच वार्ता भएको छ ।
बिहीबार साँझ भएको छलफलमा सरकारको तर्फबाट मुद्दा फिर्ता र बन्दी रिहाइको सम्बन्धमा गरिरहेको कार्यको बारेमा ब्रिफिङ भएको छ ।
जसपा नेपालले चैत २६ गते २०८ जना नेता तथा कार्यकर्ता रिहाइका लागि गृहमन्त्रालयमा बुझाएको फाइलको बारेमा छलफल भएको थियो ।
गृहमन्त्रालयले आफ्नो काम अगाडि बढाएको सरकारले जसपालाई जानकारी गराएको थियो ।
जसपाको माग सम्बोधनमा सरकारले कार्य अघि बढाएपछि सरकरको कामप्रति जसपा खुशी र सकारात्मक भएको जसपा नेता लक्ष्मणलाल कर्णले बताए ।
सरकारलाई समर्थन गर्न गरिएको आग्रहका बारेमा जसपाले आफ्नो माग पूरा भएपछि निर्णय लिने बताएको छ ।












प्रतिक्रिया