१४ कार्तिक २०८३, शनिबार

प्युठानमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ वैशाख । प्युठानमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या एक प्रशासकीय अधिकृतसहित ५ जना पुगेको छ ।

वुधबार बिहान भएको दुर्घटनामा सुर्य पन्थी, यमलाल पन्थी, ईश्वरी भण्डारी, श्याम न्यौपाने र केशव कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार जिप दुर्घटनामा मृतकमध्ये न्यौपाने जिल्ला प्रशासनका प्रमुख प्रशासकीय अधिकृत हुन् । त्यस्तै, सूर्य पन्थी कम्प्युटर अपरेटर, यमलाल पन्थी खरिदार र केशव कार्की जिप चालक रहेका छन् ।

गुल्मीबाट प्युठानको स्वर्गद्वारी जाँदै गरेको लु १ ज १६५५ नम्बरको जिप बुधबार बिहान स्वर्गद्वारी नजिकै दुर्घटना भएको हो ।